५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


भुण हत्या

लैंगिक अनुपातमा असमानता देखा परेको भन्दै भुण हत्या गर्नेलाई एक वर्ष कैद



सरकारले गर्भमा लिंगको पहिचान नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।गर्भमा लिंगको पहिचान गरेर वा गराए एक वर्षसम्म कैद हुने मन्त्रालयले जनाएको छ ।

“कसैले गर्भमा रहेको भ्रणको लिंग पहिचान हुने कुनै कार्य गर्न र गराउन हुँदैन, यदि सो कार्य गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने”, सूचनामा उल्लेख गरेको छ ।

मन्त्रालयले छोरीको जन्म सुनिश्चित गरेर विभेदपूर्ण लिंग छनौट अन्त्य गर्न आग्रह गरेको हो । यस अघि मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै लिङ्ग पहिचान गरेर भ्रुण हत्या गर्ने वातवरणको अन्त्य गर्न सबै सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई निर्देशन दिएको थियो।

मन्त्रालयका उपसचिव एकदेव खनालका अनुसार गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनत दण्डनीय अपराध मानेको हुँदा स्वास्थ्य संस्थालाई त्यस्ता गतिविधि नहुने वातावारण तयार गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

नेपालमा राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार लैंगिक अनुपातमा असमानता देखा पर्न लागेको र विभेदपूर्ण लिंग छनौटको अन्त्यका लागि राष्ट्रि रणनीति २०७८–२०८८ मा समेत विभेदपूर्ण लिङ्ग छनौटको अन्त्य गर्ने कार्यनीति तथा कार्ययोजना रहेको छ । साथै मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को उपदफा ७ र ८ मा एवम् सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १७ मा समेत गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनत दण्डनीय अपराध मानेको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ७ : ५३ बजे