१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


मेयर बालेनकी शिक्षा सल्लाहकारबाट राजीनामा



काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)की शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् । बालेनको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सामाजिक संजालमार्फत आफूले राजीनामा दिएको बताएकी हुन् ।

१० महिनाअघि महानगरको शिक्षा सल्लाहाकार रूपमा अर्याललाई नियुक्त गरिएको थियो। उनले मेयर बालेनको प्रत्यक्ष निर्देशनमा चालिएका पछिल्ला केहि कदम र निर्णय तथा निर्णय लिने तरिका आफ्नो मुल्यमान्यता विपरीत भएको लेखेकी छिन् । यसकासाथै मेयर बालेनका ती निर्णयले उनलाई व्यक्तिगत रूपमा पनि प्रभाव पार्दा स्वार्थको द्वन्द्व उत्पन्न भएको भन्दै अर्यालले राजीनामा दिएकी हुन् ।

उनले महानगरको शिक्षा सल्लाहकारको रूपमा १० महिना काम गर्दा आफ्नो क्षमताले भ्याएसम्मको सेवा गरेको र आगामी दिनमा पनि उनले सार्वजनिक शिक्षाको क्षेत्रमा सुधार गर्न लागिरहने बताएकी छिन् ।

यसकासाथै अर्यालले मेयर बालेनलाई उनको मतदाता र एक नागरिकका हिसाबले सधैँ लोकतान्त्रिक अभ्यास परामर्श रोज्न, उचित लगनशीलता र विधिको शासन तथा स्थानीय सरकारका सीमितताहरूको पालना, निर्णयहरू घोषणा गर्नु अघि विषयहरूको पूर्ण अनुसन्धान गर्न र नागरिकहरूमाथि भयको शासन नभएर स्वस्थ,लोकतान्त्रिक र दयालु समाज निर्माण गर्न अनुरोध गरेकी छिन् ।
उनले राजधानीमा सञ्चालित छात्रवृति नदिने विद्यालयहरुको नामावली प्रशासन प्रति असहमति राख्दै आएको बातइएको छ । मेरो लगानीबाट

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ४ : ३४ बजे