१ कार्तिक २०८२, शुक्रबार | Fri Oct 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेलकुद


दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग नेपालको पराजय



एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । बिहीबार हरारे क्रिकेट मैदानमा भएको खेलमा नेपाल दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग पराजित हुन बाध्य भएको हो ।

वेस्ट इन्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल ४९।४ ओभरमा जम्मा २३८ रन बनाएर अलआउट भयो । ब्याटिङमा नेपालका आरिफ शेखले ६३, गुल्सन झाले ४२, करन केसी र आसिफ शेखले २८–२८, रोहित पौडेलले ३०, दीपेन्द्र सिंह ऐरीले २३ रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ९ : ०२ बजे