काठमाडौंका चलचित्र हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको अन्तरिम आदेश काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ुबालेनु ले नमान्ने भएका छन् । बिहीबार सामाजिक संजालमा एक स्टाटस लेख्दै सार्वभौमिकता र स्वाधीनताका सवालमा आफूले कुनै कानुन नमान्ने बताएका हुन् ।
बिहीबार उच्च अदालत पाटनले भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश धिर बहादुर चन्दको एकल इजलासले यस्तो आदेश दिएको हो । यद्धपी मेयर बालेनले भने अदालतको यस आदेश नमान्ने स्पष्ट पारेका छन् । उनले अदालत र सरकार भारतको गुलाम भएको समेत आरोप लगाएका छन् ।
बालेनले लेखेका छन्, ूजहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सके पछि उनीहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।
प्रतिक्रिया