३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कर्णाली


घट्ट गएकी किशोरी बेपत्ता



पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका(४ गैरेगाउँकी एक किशोरी बाढीमा बेपता भएकी छिन्। बेपता हुनेमा गैरेगाउँकी १७ वर्षीय उर्मिला कठायत रहेकी छन् ।

बिहीबार उनी गहुँ पिस्न भन्दै घट्ट गएकी थिइन् । राती आएको वर्षाका कारण स्थानीय भुतगाड खोलामा आएको बाढीले उनलाई बगाएको स्थानीय‌ लवराज कठायतले रातोपाटीलाई जानकारी दिए ।उनको अहिलेसम्म कुनै पत्तो‌ लागेको छैन।

साथै बिहीबार रातीको बर्सातमा कारण गैरगाउँका दुई घरमा समेत‌ क्षति पुगेको छ । सडकका कारण माथिबाट बाढी आएर गैरागाउँका दुई स्थानीयको घरमा क्षति पुर्‍याएको हो । यद्यपि मानवीय क्षति भने नभएको उनले बताए ।

गैरागाँउमा पनि बाढीका कारण धेरै खेत बारीहरू पुरेको खबर प्राप्त भएको छ ।क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : २३ बजे