२ असार २०८२, सोमबार | Tue Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


रोजगारीमा खाडी जान शैक्षिक प्रमाणपत्र अनिवार्य



नेपालस्थित साउदी अरबको दूतावासले भिसाका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छ । गत जुन १२ तारिखदेखि वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको भिसाका शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको थियो । तर, चौतर्फी विरोधपछि दूतावास आफ्नो निर्णयबाट पछि हटेको थियो ।

अहिले पुनः शैक्षिक प्रमाणपत्र अनिवार्य माग गर्न थालेको हो । परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरेको शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने नियम पुनः लगाएको हो ।

दूतावासको उक्त निर्णयको नेपाल वैदेशिक रोजगार व्यवसायी संघलगायतले चर्को विरोध गरेका थिए । त्यसपछि दूतावासले माथिल्ला पदहरूमा प्रमाणीकरण भएको शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने भएपनि लेबर भिसामा जाने कामदारको हकमा प्रमाणित गरेको शैक्षिक प्रमाणपत्र अनिवार्य नगरिएको जनाएको थियो । त्यसपछि दुई हप्ता सहज रूपमा भिसा प्रदान गरिएको थियो ।

तर, हाल दूतावासले पुनः भिसाका लागि प्रमाणित गरेको शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए ।

दूतावासले आधिकारिक रूपमा केही जानकारी दिएको छैन । तर, भिसाका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छ । जसले गर्दा भिसाका लागि जाने नेपालीहरू मर्कामा परेका छन् ।

दूतावासबाट औपचारिक जानकारी नआएका कारण यो विषय के गर्ने भन्ने अहिलेसम्म निर्णय गर्न नसकिएको महासचिव भुर्तेलले बताए । ‘हामीलाई औपचारिक जानकारी आएको छैन । बाहिरबाट बुझ्दा प्रमाणपत्र अनिवार्य गरेको छ । दूतावासलाई मेल लेखेर जानकारी लिने काम भइरहेको छ । दूतावासबाट प्रतिक्रिया दिएपछि के गर्ने भनेर अगाडि बढ्छौँ,’ उनले भने ।

यसअघि दूतावासले साउदी जानको लागि आवश्यक पर्ने भिसाका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गर्ने जनाएको थियो । उसले एसईईरएसएलसी सम्मको शैक्षिक प्रमाणपत्र माग गर्ने भनेको थियो । तर, यो विषयमा चौतर्फी विरोध भएपछि अन्तिम दिनमा ब्याक हटेको रातोपाटीले लेखेको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ६ : १२ बजे