१६ असार २०८२, सोमबार | Tue Jul 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल



संघीय संसदको रिपोटिंग गर्ने पत्रकारहरुको संंस्था संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल विजयी भएका छन् ।
शनिबार राजधानीमा सम्पन्न भएको समाजको आठौं अधिवेशनमा भएको निर्वाचनबाट सेतोपाटीमा कायरत पत्रकार सत्याल अध्यक्ष निर्वाचित भएका हुन । उनले ६३ मत पाएर विजयी भएका हुन् भने प्रतिस्पर्धी विष्णु क्षेत्रीले ४४ र तुलसी सापकोटाले २७ मत प्राप्त गरेका हुन्।

उपाध्यक्षमा सृजना घिमिरे, किरण दाहाल, महासचिवमा जयसिंह महरा, सचिवमा गुन्जन राज गिरी र सबिता शर्मा, कोषाध्यक्षमा अमुल थापा, सदस्यहरू कमलराज भट्ट, रोमन आचार्य, शीला तिमल्सिना, मीरा बस्नेत, अन्जन लामिछाने, राजु थापा, विनोद कटुवाल र रघुनाथ बजगाईं निर्वाचित भएका हुन्।
अध्यक्ष, सचिव र २ सदस्यका लागि निर्वाचन भएका हो । अन्जन लामिछानेले सबैभन्दा बढि ८० मत प्राप्त गरेकी थिइन ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ९ : १८ बजे