१ असार २०८२, आइतबार | Mon Jun 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


हल्दिबारी गाउँपालिका

गाउँपालिकाका १३ परिवारलाई पक्कीघर हस्तान्तरण



झापाको हल्दिबारी गाउँपालिकाका अति विपन्न १३ घरपरिवारलाई एकृकीत बस्ती बनाएर पक्कीघर निर्माणगरी हस्तान्तरण गरिएको छ । अति विपन्न, पिछडिएको जाति, दलित, अल्पसंख्यक, अपाङ्ग, एकल महिला र बृद्ध असक्तहरुको घर पालिकाले निर्माण गरेर हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले बताउनुभयो ।

घर पाउने १३ परिवारमध्ये लोपोन्मुख जाति सन्थाल समुदायका ९ परिवार रहेका छन् । त्यस्तै, दलित समुदायका ३ परिवार रहेका छन् । गाउँपालिकाले मराङमाई हेमरम, भीमबहादुर कामी, विश्वनाथ हास्दा, धनबहादुर विश्वकर्मा, लालबहादुर विश्वकर्मा, लुखीराम मुर्मू, नारायण हेमरम, विशाल हास्दा, सुनिराम सोरेन, जसमी किस्कू, एकराज कटवाल, सुकमणि मुर्मू र हपना हास्दाका लागि घर निर्माण गरिएको हो ।

सबैको आफ्नो जमिन समेत नभएकाले एकीकृत नमुनाबस्ती नै निर्माण गरेर एकीकृत घरमा राखेको छ । शौचालय, बिजुली, खानेपानीलगायतका सुविधा भएको तीन कोठे पक्की घर बनाएर हस्तान्तरण गरिएको हो ।

संघीय सरकारको तराई–मधेस समृद्धि कार्यक्रमअन्तर्गत उक्त नमुना घरहरु हल्दिबारी गाउँपालिकाले –२ स्थित जनता आधारभुत विद्यालयको जमिनमा बनाइको छ । ५८ लाख ५८ हजार ७७७ रुपियाँमा जय ईश्वरी निर्माण सेवाले २०७६ पुष ६ गते सम्झौता गरी २०७८ असार २० गते निर्माण कार्य सम्पन्न गर्नेगरी घर निर्माण गरेको थियो ।

घर पाउने परिवारलाई घरको साँचो गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले हस्तान्तरण गर्नुभयो । विपन्न परिवारलाई आवाससँगै योग्यताअनुसारको रोजगारीका लािग समेत पालिकाले समन्वय गर्ने पालिका अध्यक्ष लिङदेनले प्रतिवद्धता जनाउनुभयो गोरखापत्रका लीलाराज खड्काले लेख्नुुभएको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ९ : ०९ बजे