१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सहकारी

सहकारी संघ सस्थालाई विभागको ५ बुँदे निर्देशन



संघीय सहकारी विभागले सहकारी संघ संस्थाका लागि नयाँ निर्देशन दिँदै ब्याज साउन १५ गतेभित्र भुक्तानी गरे यसै आर्थिक वर्षको आयको रुपमा गणना भनेको छ । विभागले बिहीबार पाँच बुँदे निर्देशन जारी गर्दै यसो भनेको हो ।

विभागले सहकारी क्षेत्रको पुर्नःउत्थान गर्नका लागि सहकारी ऐन, २०७४ को दफा २३, दफा २५ को खण्ड ९ज० र दफा ९५९५० एवं सहकारी नियमावली, २०७५ को नियम ७२ ९३० र नियम ७६ ९१० झ। बमोजिम निर्देशन जारी गरेको हो ।

निर्देशन यस्तो छ

१। सहकारी संघ(संस्थाले आफ्ना सदस्यहरूसंग नियमित समन्वय र सम्पर्क गर्दै सदस्य केन्द्रित सेवा प्रवाह गरी सदस्यहरूको विश्वास आर्जनमा केन्द्रित हुने ।

२। वित्तीय साक्षरता कार्यक्रम संचालनमा जोड दिँदै संघ(संस्थाको वचत वृद्धि र भाखा नाघेको ऋण असुलीलाई प्रभावकारी बनाउने ।

३। ऋणी सदस्यहरूमा परेको प्रभाव मूल्यांकन गरी सदस्यको मागका आधारमा गत आर्थिक वर्षमा खराव ऋणीको सूचीमा नपरेका तथा गत आर्थिक वर्षमा कर्जा पुर्नतालिकीकरणको सुबिधा नलिएका र कर्जाको पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा बाँकी साँवालाई ३ महिनाको अवधिका लागि मात्र पुर्नतालिकीकरणको व्यवस्था गर्न सकिने ।

४। कृषि उत्पादन तथा सेवासँग जोडिएका सहकारी संघ(संस्थाले कृषि उत्पादन वृद्धि, सामुहिक खेती प्रवर्द्धन, सदस्यहरूको उत्पादनको वजारीकरण गरी सदस्यहरूलाई कृषिको व्यवसायिकरण गर्न प्रेरित गर्ने ।

५। यस आर्थिक वर्ष २०७९र८० को व्याज २०८० श्रावण १५ गतेभित्रमा भुक्तानी प्राप्त भएमा यसै आर्थिक वर्षको आयको रुपमा गणना गर्ने छुट सुविधा प्रदान गर्ने ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ९ : २७ बजे