२४ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


ओलीको सुझाव

एसईई उत्तीर्णलाई रुचि अनुरुप विषय छनोट गर्न एमाले अध्यक्ष ओलीको सुझाव



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा एसईई उत्तीर्ण गर्ने विद्यार्थीलाई बधाई दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत एसईईको परीक्षामा सर्वोत्कृष्टसहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीलाई बधाई दिएका हुन् ।

पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एसईई उत्तीर्ण विद्यार्थीलाई अबको पढाइमा विषय छनोट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिएका छन् । “शिक्षामा आफूले छनोट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस् । जीवनका सम्पूर्ण परीक्षा सफल होउन्, उत्तरोत्तर प्रगतिको कामना १” उनले भनेका छन् ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  १० : १८ बजे