१ असार २०८२, आइतबार | Sun Jun 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


एमाले अध्यक्ष ओलीले सोमबार पशुपतिमा ‘क्षमापूजा’ गर्ने



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २५ गते सोमबार भोलि पशुपतिमा क्षमा पूजा गर्ने भएका छन् । जलहरी प्रकरणमा मुछिएपछि ओलीले पशुपतिमा क्षमा पूजा गर्न लागेका हुन् । त्यसका लागि पूर्वप्रधानमन्त्री समेत ओलीले पशुपति क्षेत्र विकास कोषमा जानकारी गराइसकेका छन् ।

‘केपी ओली र उहाँकी पत्नी राधिका शाक्य सोमबार बिहान नौ बजेपछि पशुपतिमा पूजा गर्न आउने जानकारी आएको छ’, पशुपति क्षेत्र विकास कोषका एक अधिकारीले रातोपाटीसँग भने,‘पूजा भनिएपनि क्षमा पूजा नै गर्ने हो ।’

स्रोतका अनुसार पशुपतिमा जलहरी प्रकरणमा विवाद भएपछि ताम्रपत्र र गर्भगृहमा लेखिएको नाम हटाइएपछि ओलीले क्षमा पूजा गर्न लागेका हुन् । तर ओलीको सचिवालयले भने त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताएको छ । अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजागाईले भने, ‘ मलाई त थाहा छैन, मैलेचाही सुनेको छैन ।’

यसैबीच गर्भगृहको पूर्व–उत्तरमा राखिएको ताम्रपत्र एक बाई दुई फिटकोमा तत्कालीन राष्ट्रपतिसहितका सम्बन्धितको नाम रहेकामा सो नाम हाल आएर हटाइएको रातोपाटीले लेखेको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ९ : ०२ बजे