१ असार २०८२, आइतबार | Sun Jun 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


एक लाख रुपियाँ घुस लिएको आरोपमा लेखा अधिकृत पक्राउ



अख्तियार दुरुपयो अनुसन्धान वर्दिवासबाट खटिएको टोलीले लहानस्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेल एक लाख घुस रकमसहित पक्राउ गरेको छ ।

बेलुका पाँच बजेतिर आएको अख्तियारको टोलीले लेखा अधिकृत पोखरेलको कोठामा रहेको ओछयानमुनिबाट घुस लिएको रकमसहित पक्राउ गरिएको हो ।

एक जना ठेकेदारसँग पुरानो बिल भर्पाइ अनुसारको रकम निकासाको लागि एक लाख रकम घुस मागिएको थियो । पक्राउ गरिएको लेखाअधिकृत पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पक्राउ गरी बर्दिवास लगिएको मुचुल्कामा हस्ताक्षर गर्न गएका लहान–७ का वडाध्यक्ष राम औतार शर्माले बताउनुभयो ।

सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै शर्माले भन्नुभयो,‘‘रकम बरामद भएकै हो तर लेखा अधिकृत पोखरेल घुस लिएको पत्यार उहाँसँग परिचित व्यक्तिहरुलाई नभइरहेकाले यसको सहि सत्य अनुसन्धान हुन आवश्यक छ ।’

आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले सो घटनको पुष्टि गर्दै पोखरेललाई नियत्रणमा लिइएको पत्रकार जीवछ यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ९ : ०२ बजे