राष्ट्रिय सभा सदस्य डा। विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो भन्दै प्रश्न गरेकी छिन् ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बनाउन व्यापारीहरू दिल्ली दौडाहामा गएको कुरा उल्लेख गरेको भन्दै बजेट कार्यक्रम पनि त्यतैबाट पास गर्न लागिएको हो भन्दै प्रश्न गरिन् ।
उनले असमान बजेट आउनुको कारणबारे संसद् र जनतालाई जानकारी दिन आग्रह गरिन् । उनले छिमेकी देशसँगको नेपालको सम्बन्ध असमान हुँदै गइरहेको बताइन् ।
उनले भनिन्, ‘प्रधानमन्त्रीले अस्ति त भनिनै हाल्नुभयो । प्रधानमन्त्री बन्नका लागि व्यापारीहरू दिल्ली दौडमा गएका कुरा आए पनि । बजेट कार्यक्रम पनि हामी त्यतैबाट पास गर्दै छौँ कि के हो रु परराष्ट्रले सहजीकरण गरिरहेको छ रु नत्रभने किन एकतर्फी हुन्छ बनेट रु हाम्रो छिमेकीसँगको सम्बन्ध असमान हुँदै छ, एकातिर ढल्किँदै छ, विचार गर्नुहोला । असंलग्न परराष्ट्र नीति छोडेका हौँ कि समातिएको छ, के भइरहेको छ रु यसमा जवाफ दिनुहोला ।’
राष्ट्रिय सभा सदस्य राईले असंलग्न परराष्ट्र नीति छोडेको हो भन्दै सरकारसँग जवाफ माग गरिन् ।
प्रतिक्रिया