१ असार २०८२, आइतबार | Mon Jun 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सिता दाहालको निधन

प्रधानमन्त्री प्रचण्डकी पत्नी सिता दाहालको निधन



नेकपा माओवादी केन्द्रकी सल्लाहकार एवं पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड की जीवनसंगिनी सीता दाहालको निधन भएको छ । आज बिहान ८ बजेर ३३ बजेमा असामयिक निधन भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

उहाँको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने भएको हो । २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने माओवादी पार्टी कार्यालयले जनाएको छ ।
लामो समय देखि विरामी रहनुुभएको दाहालको ६९ वर्षको उमेरमा निधन भएको हो । उहाँका एक छोरी र एका छोराको निधन भैसकेको छ भने अब दुई छोरी र श्रीमान प्रचण्ड हुनुहुन्छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ९ : ४६ बजे