२६ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


इक्यान अध्यक्षमा शेषराज भट्टराई निर्वाचित



इक्यान अध्यनेपाल शैक्षिक परामर्श संघ इक्यानको अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन्। आज भएको निर्वाचनमा उनले २३८ मत पाएका छन् । अध्यक्षका लागि उनीसँगै चार जना लडेका थिए । उनका प्रतिस्पर्धी विष्णुहरि पाण्डेले १४६ मत पाएका छन् । त्यस्तै कृष्णहरि केसीले २१ र देविदास भट्टराईले ११ मत पाए ।

इक्यानको महासचिवमा हालका महासचिव दिपकराज भुसाल नै निर्वाचित भएका छन् । शेषराज समूहबाट निर्वाचन लडेका उनले २५५ मत पाएका छन् । उनका प्रतिस्पर्धी वासुदेव दाहालले १६० मत पाएका छन् । उनी विष्णुहरिको प्यानलबाट महासचिवको उम्मेदवार बनेका थिए ।

त्यस्तै, तीन जना उपाध्यक्षहरूमा एन्ड्रीयू पौडेल ९लक्ष्मण० २२८ मत, भुवनबहादुर क्षेत्री १७२ मत र गीता शिवाकोटी १५२ मतसहित निर्वाचित भएका छन् । सचिवमा भवनाथ हुमागाई २६० मत र रत्नबहादुर भट्टराई १६८ मतसहित निर्वाचित भएका छन् । कोषाध्यक्षमा २०८ मतसहित आशिक कार्की र सहकोषाध्यक्षमा २१६ मतसहित विकल्पराज पोखरेल विजयी भएका छन् ।

कार्यसमिति सदस्यहरूमा सुरज सिलवाल, साधना पुडासैनी, उमा खड्का पाठक, मन्जित ढकाल, गोविन्द खनाल, आशिष रायमाझी, शशीप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी चुनिएका छन् । निर्वाचनमा शेषराज समूहको बर्चश्व देखिएको छ । शेषराजलाई निवर्तमान अध्यक्ष प्रकाश पाण्डेको समर्थन रहेको थियो ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ८ : ०३ बजे