१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नेपाली नर्स

१०० जना नेपाली नर्स बेलायत लैजान आवेदन खुल्ला



सरकारी प्रक्रियामार्फत बेलायत जान इच्छुक नेपाली नर्सको भर्ना प्रक्रिया बिहीबारबाट सुरु भएको छ । नेपाल र बेलायतले तोकेको मापदण्ड पुगेको नेपाली नर्सका लागि बिहीबार ९२० जुलाई० देखि आवेदन दिन पाउने बाटो खुलेको हो । पहिलो चरणमा सय जना नर्सलाई लैजाने सहमति भएको छ ।

नेपाल र बेलायतबीच सरकारी संयन्त्रमार्फत नर्स लैजानका लागि २२ अगस्ट २०२२ मा श्रम सम्झौता भएको थियो । यो श्रम सम्झौतालाई कार्यान्वयन गर्न प्रोटोकलमा सहमति भएपछि नर्स लैजाने प्रक्रियालाई कार्यान्वयनमा ल्याएको हो । इच्छुक नर्सले वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत आवेदन दिन सकिनेछ । १९ अक्टोबर २०२३ सम्म आवेदन दिन पाइनेछ ।

नेपाल नर्सिङ काउन्सिलमा दर्ता भई दुई वर्षको अनुभव भएका २० देखि ४५ वर्ष उमेरका नर्सहरू भर्ना प्रक्रियामा सहभागी हुन पाउनेछन् । भर्ना प्रक्रियामा स्टाफ नर्स, बीएन, बीएससी नर्सिङ, एमएन सहभागी हुन पाउने व्यवस्था गरिएको छ । प्रतिस्पर्धा गर्नका लागि अंग्रेजी भाषा परीक्षा आईईएलटीएसमा औसत ७ र ओईटीमा ‘बी’ अंक ल्याएको हुनुपर्नेछ । छनोट भएर गएका सहायक स्वास्थ्य हेरचाहकर्मीले बेलायत पुगेको ८ महिनाभित्र स्वास्थ्यसँग सम्बन्धित व्यावहारिक वस्तुपरक परीक्षा ९ओएससीई० उत्तीर्ण हुनुपर्नेछ । यसका लागि उनीहरुलाई तीनपटकसम्म परीक्षामा सामेल हुने मौका दिइनेछ ।

बेलायतमा जाने नेपाली नर्सले मासिक ४ लाख नेपाली रुपैयाँसम्म पारिश्रमिक पाउने भएका छन् । बेलायतको कानुनअनुसार लाइसेन्स लिएपछि नेपाली नर्सले वार्षिक ४८ लाख रुपैयाँ ९२७ हजारदेखि ३२ हजार पाउन्ड० सम्म तलब पाउने सुविधा छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार बेलायतको ‘नर्सिङ एन्ड मिडवाइफरी काउन्सिल ९एनएचएस०’ मा दर्ता भएपछि मात्रै यो तलब सुविधा पाउनेछन् । नेपालबाट भर्ना भएर जानेबित्तिकै भने यो सुविधा पाउनेछैनन् । सहायक स्वास्थ्यकर्मीको रुपमा छनोट भएपछि बेलायतको नर्सिङ काउन्सिलबाट पास भएपछि मात्रै दर्तावाला ९लाइसेन्स० नर्सको दर्जा पाइने श्रम मन्त्रालयले जनाएको छ । लाइसेन्स प्राप्त नर्सले तलबबाहेक एनएचएसको पेन्सन सुविधा पनि पाउनेछन् । त्यस्तै नर्स र आश्रित परिवारका सदस्यलाई सार्वजनिक स्वास्थ्य सेवामा पहुँच हुनुका साथै साथै नर्सका ४ देखि १८ वर्षसम्मका सन्तानका लागि निःशुल्क शिक्षासमेत उपलब्ध हुनेछ ।

दर्तावाला नर्सले सीप र क्षमताको आधारमा ३ वर्ष वा त्यो भन्दा बढी अवधि काम गर्न पाउनेछन् । सम्झौताअनुसार आईएलटीएस र ओईटी, भिसा र टिकटमा लाग्ने खर्चको रकम बेलायत सरकारले शोधभर्ना गर्नेछ । त्यस्तै बेलायतको एनएमसीमा दर्ता हुनका लागि लाग्ने खर्चको पनि शोधभर्ना हुनेछ । छनोट हुने नेपाली नर्सले वैदेशिक रोजगार कल्याणकारी कोषको शुल्क मात्र बेहोर्नुपर्नेछ । ब्रिटिस काउन्सिल नेपालले आईएलटीएसको पेपर परीक्षा विराटनगर, विर्तामोड, बुटवल, चितवन, काठमाडौं र पोखराबाट लिने व्यवस्था गरेको छ । आईएलटीएसको कम्प्युटर परीक्षा भने काठमाडौंबाट मात्रै दिन मिल्ने व्यवस्था छ । त्यस्तै ओईटीको पेपर परीक्षा भने युनिभर्सल ल्याङग्वेज एन्ड कम्युटर इन्स्टिच्युट, काठमाडौं र चितवन मेडिकल कलेज, भरतपुरमा हुनेछ । ओईटी कम्प्युटर परीक्षा भने फुलब्राइट कमिसन, काठमाडौंमा हुने व्यवस्था मिलाइएको छ । यसका लागि ३५ हजार रुपैयाँ लाग्नेछ । यो रकम छनोट भएर जानेको मात्रै शोधभर्ना हुन्छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ८ : ४५ बजे