२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


धनुषाको मुखियापट्टीमा गोली हानि एक महिलाको हत्या



धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको बेल्ही टोल बस्ती भन्दा करीब ५० मिटर उत्तर पूर्वको सडकमा एकजना महिलाको गएराति अज्ञात समुहले गोली हानी हत्या गरेको छ । धनुषाको सीमावर्ती क्षेत्रमा गएराती भएको घटनामा गोली लागेर घटनास्थलमै महिलाको मृत्यु भएको छ । यद्यपी महिलाको पहिचान भने खुल्न सकेको छैन ।

धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले घटनास्थल भारतीय भूमि परेकाले मृतक महिलाको पहिचान हुन नसकेको र शव भारतीय प्रहरीले नै लगेको जानकारी दिए । खड्काको अनुसार,घटनास्थलमा २ वटा गोलीको खोका फेला परेको छ । महिलाको हत्या गर्ने समूह र मृतक महिला पनि भारतीय नागरिक हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भैरहेको धनुषा प्रहरीले जानकारी गराएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ९ : ३३ बजे