२३ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मौद्रिक नीति सार्वजनिक

केन्द्रिय बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने



नेपालको केन्द्रिय बैंक अर्थात नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आज (साउन ७ गते) आइतबार सार्वजनिक गर्ने भएको छ। यसका लागि अहिले राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बसिरहेको छ।
बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा मौद्रिक नीतिमाथि छलफल भइरहेको सञ्चालक समितिको एक सदस्यले जानकारी दिए। गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार साँझ सञ्चालक समितिको बैठक आइतबार बिहान डाकेको उनको भनाइ छ।

राष्ट्र बैंकको बोर्ड बैठकले पारित गरेपश्चात सो मौद्रिक नीति सार्वजनिक गरिने उनले बताए।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ९ : ४७ बजे