२६ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


बाढीले बगाउँदा सामाखुशीमा बालक बेपत्ता



राजधानीको सामाखुशी क्षेत्रमा भारी वर्षसंगै आएको बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् । सामाखुशी बस्ने १३ वर्षका साजन मगर बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले जानकारी दिएको छ । पानीपोखरीको भानुभक्त मेमोरियल विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालक विद्यालयबाट फर्किएपछि खेल्न निस्केको आफ्न्तले बताएका छन् । खेल्ने क्रममा आएको बाढीले उनलाई स्थानीय सानो खोल्सीको बाढीले बगाएको बताइएको छ । । ।

उनलाई बगाएको खबर पाएसँगै नेपाल प्रहरीको गोंगबुस्थित प्रभाग, महाराजगञ्ज बृत्त, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद व्यवस्थापनमा खटिने टोलीले खोजी गरिरहेको छ । तर आइतबार साँझसम्म पत्ता नलागेको डीएसपी अधिकारीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ९ : ०५ बजे