१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारी

कांग्रेस नेता भण्डारीको प्रश्न : प्रजातन्त्र देशका सिमित व्यक्तिको लागि मात्रै आएको हो ?



नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले, सिमित व्यक्तिहरुले राम्रो घर बनाउँन र राम्रो गाडि चढ्न मात्रै देशमा प्रजातन्त्र ल्याएको हो ? भन्दै प्रश्न गरेका छन् । ४१ औं वीपी स्मृति सप्ताहको अवसरमा आयोजित ‘वर्तमान राजनीतिक चुनौतीहर र नेपाली काङ्ग्रेसको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सधैँ वीपी र गणेशमानको नाममा कमाउँने प्रवृत्ति बढ्दै गएको दाबी गरेका उनले त्यसलाई अन्त्य गर्ने दायित्व कांग्रेसको काँधमा आएको बताए ।

उनले भने, ‘सिमित व्यक्तिहरुको परीवार बनाउँन, सिमित व्यक्तिहरुको घर बनाउँन, सिमित व्यक्तिहरु राम्रो गाडि चढ्न यो देशमा प्रजातन्त्र ल्याएको हो ? के सहिदहरु बनेको हो ? यो प्रश्न र चुनौती आजको हो । हामी सधैँ वीपी, गणेशमान भनेर नाम लिने उनको आचरण लिन नपर्ने उनको नाममा कमाउँने, समाजका मान्छे भन्दा भिन्न हुने कहिले पनि हुदैँन् । यसको अन्त्य गर्ने नेपाली काङ्ग्रेसको दायित्व हो । ’

यस्तै उनले भाग्यले केही व्यक्तिहरु प्रधानमन्त्री, मन्त्री बने तर अबको युवाहरुले त्यो पद पाउँनको लागि धेरै ठूलो त्याग गर्नुपर्ने बताए । ‘युवा विहिन देश बन्दै छ, देशमा किसानहरु समस्या परेका छन् त्यो विषयमा छलफल होला भनेको शक्ति प्रदर्शन गर्ने थलो बनेको छ समितिको बैठक, यसरी चल्छ काङ्ग्रेस, यसरी चलाउन सकिन्छ ? उनले भने ‘ २, ४ जना बढ्नु र पढ्नु यहीको समाजवाद, भर्खरका युवाहरु देश छोडेर जानु यहीको समाजवाद हो ।

भाग्यले केही व्यक्तिहरु प्रधानमन्त्री हुनुभयो, भाग्यले कर्म नगरिकन केही व्यक्तिहरु मन्त्री बन्नु भयो अबको युवाहरुले त्यो पद पाउँनको लागि धेरै ठूलो त्याग गर्नुपर्छ । हिजोको जस्तो होईन ।’ उनले केन्द्रीय समितिको बैठक समसामयिक विषयका चर्चा गर्नुभन्दा पनि शक्ति प्रदर्शन गर्ने थलो बनेको समेत टिप्पणी गरे ।

बैठकमा राष्ट्रिय एजेण्ड र परराष्ट्र नीतिमाथि छलफल गनुपर्ने अवस्थामा एकअर्कालाई गाली गर्ने काम मात्रै भएको पनि उनको टिप्पणी रहेको छ । यस्तो प्रवृत्तिले नेपाली काङ्ग्रेसलाई कमजोर बनाएको भन्दै यसलाई रोक्नु आजको आवश्यकता भएको बताए ।
उनले भने, ‘कति दिन वीपीको नाम जप्नी कर्म नगर्ने नाम जप्नी, वीपीको नाम मात्रै लिएर हामीले चाहेको परिणाम आउँदैन् ।

धनराज यहाँ आउँनु भएको छ, तपाईहरु महामन्त्री बन्नु भयो, उपाध्यक्ष बन्नु भयो अहिलेसम्म तपाईहरु सँगै बसेर पार्टी सभापतिसँग यो काम गर्नुपर्छ भनेर भन्नु भएको छ कि छैन् । हामीले यो पार्टी बनाउँदा सबै सँगै बसेर कति राम्रो काम गरेको थियो । आज भाषण गर्ने, बोल्ने कुरा गर्ने तर सँगै बसेर संयुक्त रुपमा छलफल नगर्दा भनाई खान परेको छ । आफ्नो घर बनाउँन वीपीको नाम लिनु पाप हो ।’ NNB

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ९ : ४४ बजे