२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला/साहित्य


पत्रकार ढुंगाना पुरस्कृत



नयाँ पत्रिकाकर्मी दीपेन्द्र ढुंगानालाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पुरस्कृत गरेको छ। प्रतिष्ठानको आयोजनामा सम्पन्न ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का बारेमा समाचार लेखन, प्रसारण तथा समीक्षा लेखन प्रतियोगितामा उत्कृष्ट ढुंगानासहित अन्य व्यक्तिहरू पुरस्कृत भएका हुन्। ढुंगाना एबीसी टेलिभिजन हुदैं हाल नयाँ पत्रिकामा कार्यरत छन् ।

ढुंगाना समाचार लेखन तथा प्रसारण प्रतियोगितामा उत्कृष्ट आएका थिए। जसअन्तर्गत उनीसँगै सुकृत नेपाल ९गोरखापत्र०, रेनुका ढकाल ९दी राइजिङ नेपाल०, ऊर्जा आचार्य ९दी काठमाडौं पोस्ट० र हेमन्त गौतम ९एनटिभी प्लस० पुरस्कृत भएका छन्।

त्यस्तै, समीक्षा लेखन प्रतियोगितामा दियालक्ष्मी जोशी ९एमएफए, काठमाडौं विश्वविद्यालय०, प्रतिभा खड्का ९बिएफए, ललितकला क्याम्पस०, प्रतिभा तिवारी ९बिएफए, ललितकला क्याम्पस० पुरस्कृत भएका छन्।

कार्यक्रममा बोल्दै प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले ‘राष्ट्रिय ललितकला प्रदर्शनी– २०८०’ भव्य र सभ्य बनाउन सञ्चारमाध्यमको प्रमुख भूमिका रहेको बताए। नेपाल ललितकला पत्रकार समाज ९सोफाज०का अध्यक्ष केशवराज खनालले प्रतिष्ठानले गरेको उक्त काम सकारात्मक भएको बताउँदै आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १० : २७ बजे