२ असार २०८२, सोमबार | Tue Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्यटन


युवा संघबाट बृक्षारोपण

युवा संघबाट बृक्षारोपण



संरक्षण प्रकृतिको सुरक्षा सन्ततीको भन्ने मुख्य नाराका साथ राष्ट्रिय युवा संघ नेपालको एक महिने बिशेष अभियान अन्तरगत आज चन्द्रागिरी नगरपालिका वडा नम्बर १ मा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नगर कमिटीले आयोजना गरेको कार्यक्रममा काठमाडौ निर्वाचन क्षेत्र नं ९ चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोक मा बृक्षारोपण गरिएको हो ।

१०० गन्तव्य क्षेत्र मध्येको काजी कालु पाँडे समाधि स्थल ईन्द्रदह परिसरमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा चन्द्रगिरि नगर ईन्चार्ज शर्मिला कार्कीको प्रमुख आतिथ्यमा बिभिन्न जातका फूल तथा बनस्पतिका विरुवा रोपिएको हो ।

अन्तर्राष्ट्रिय बाघ दिवसको समेत अवसर पारेर बृक्षरोपण गरिएको कार्यक्रममा प्रदेश सांसद केशव पोखरेल, एमाले नेता हरिशरण थापा, अमन्ति सिग्देल, पूर्व वडा अध्यक्ष तथा अभिवक्ता राजेन्द्र केसी, १ नम्बर वडाका वडा सदस्य कविराज खड्कालगायतका नेतृत्व तथा स्थानीय कार्यकर्ताहरुको सहभागिता भएको हो ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ३ : ४८ बजे