२६ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


ज्ञानकुण्ड विद्या मन्दिर

ज्ञानकुण्ड विद्या मन्दिर काठमाडौंमा सर्वोकृष्ट



काठमाडौं जिल्लामा सञ्चालन भएको निजी विद्यालय मध्ये ज्ञानकुण्ड विद्या मन्दिर काठमाडौं एसइई परीक्षामा सर्वोकृष्ट भएको छ । नागार्जुन नगरपालिका वडा नम्बर १० स्युुचाटारमा सञ्चालन भएको यस विद्यालय २०७९ को विश्लेषित नतिजाको आधारमा ८ सय २९ विद्यालयहरु मध्ये काडमाडौ कै उतकृष्ट १ मा परेको हो ।

प्याब्सनको सदस्य रहेको यस विद्यालयमा नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएपछि विद्यालयले राम्रो नतिजा दिन सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण अधिकारीले बताए । शैक्षिक क्रियाकलापहरुलाई सुधार गर्दै व्यवहारिक र पारिवारिक रुपमा सैद्धान्तिक सिकाईकै कारण सफल नतिजा आएको सञ्चालक तथा शिक्षिका शान्ति कार्कीले बताईन ।

विद्यालय उत्कृष्ट १ मा आउनुमा विद्यार्थीको मेहेनत अभिभावकको लगानी र विश्वास तथा विद्यालयको निरन्तर पढाई प्रतिको उत्तरदायित्वको प्रतिफल भएको सह प्रिन्सिपल पार्वती कुंवरको भनाई छ । सन् २००७ मा स्थापित यस विद्यालय विगत २ वर्षदेखि नयाँ व्वस्थापनका साथ सञ्चलनमा आएसंगै पढाईको गुणस्तरलाई सुधार गरिएको विद्यालयका प्रिन्सिपल गोपाल प्रसाद कँडेलले बताए ।

शिक्षा तर्फका संयोजक रुद्र मल्लले एसईइको नतिजाले आफुलाई खुशी थपेको भन्दै आगामी दिनमा हाम्रो टिमलाई यस नतिजा टिकाई राख्न चुनौतिसंगै अवसर समेत प्राप्त भएको बताए । एसईइमा सहभागी भएका सबै विद्यार्थीले औसतमा ३ दशमलव ८५ जिपिए भन्दा माथि अंक प्राप्त गरी सर्वोकृष्ट भएको थिए । प्लेगु्रप देखि कक्षा १० सम्म पढाई हुने यस विद्यलायमा झण्डै २ सय विद्यार्थी अध्ययन गर्ने गरेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ८ : ३४ बजे