२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


केदारनाथ क्षेत्र

केदारनाथ क्षेत्रमा नेपाली बसेको होटेल नै पहिरोमा, जुम्लाका तीनजनाको सनाखत



भारतको केदारनाथ दर्शनका लागि गएर पहिरोमा पनि बेपत्ता भएकामध्ये तीनजनाको सनाखत भएको छ । मृतक तीनैजना जुम्ला जिल्ला तातारासी गाउँपालिकाका स्थायी बासिन्दा हुन ।

पातासारी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहराले केदारनाथ पहिरोमा परी बेपत्ता हुनेमा ११ जना आफ्नो गाउँपालिकाका नागरिक रहेको बताउनुभयो ।

उहाँले बेपत्ता मध्ये अहिलेसम्म पातारासी गाउँपालिकाका तीनजनाको सनाखत भएको बताउँदै मृत्यु हुनेमा वडा नम्बर २ का वर्ष ५६ का धनराम बुढा, वर्ष २२ का नन्द नेपाली र वडा नम्बर ३ का ४१ वर्षका सुकराम रावत रहेको बताउनुभयो ।

उहाँले बाँकी आठ जना पातारासीकै नागरिक बेपत्ता रहेको खबर आएको बताउँदै अन्य बेपत्ता हुनेमा तिला र तातोपानी गाउँपालिकाका नागरिक पनि रहेको जानकारी आएको बताउनुभयो ।

सो पहिरोमा परी १९ जना बेपत्ता हुनुभएको थियो । गौरीकुण्डबाट केदारनाथ जाने बाटोमा पर्ने नेपालीहरु बसेको होटेल नै पहिरोमा पर्दा बेपत्ता भएका थिए । केदारनाथ पहिरोमा बेपत्ता भएको जुम्ला नागरिकहरुको जानकारी लिनका लागि प्रहरी टोली गाउँपालिकातर्फ परिचालन गरिएका प्रशासन कार्यालयले जनाएको छ ।

यसैबिच गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो घटनाबारे नेपाल सरकारले जानकारी पाएको र आवश्यक सहजीकरणका लागि पहल गरिएको बताउनु भयो । उहाँले भारतको उत्तराखण्ड प्रदेशको नेपालसँग सिमाना जोडिएको जिल्ला कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई सहजीकरण गर्न भनिएको जानकारी पनि प्रवक्ता भट्टराईले दिनुभयो ।

उहाँले भारत सरकारसँग समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पनि पत्राचार गरिएको बताउनु भयो । सो पहिरोमा परी ११ जना नेपाली वेत्तपा भएको खबर आएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : ०५ बजे