३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


पाँच प्रदेशमा भारी वर्षाको सम्भावना



जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशमा वर्षा हुने जनाएको छ ।
महाशाखाले उल्लेख गरेअनुसारे आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । साथै, कर्णाली प्रदेशका केही र मधेश प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल देशभर आंशिक देखि सामान्य बदली रहेकाले बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी गराएको छ ।
आज राती देशभर मौसम सामान्य देखि पूर्ण बदली रहनेछ।
राती कोशी, मधेश, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ । साथै, बाँकी अन्य प्रदेशका थोरै स्थानहरुमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।
नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणाली को प्रभाव परेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ७ : ५४ बजे