२५ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


एकै परिवारका चार जना सहित छ जनाको निधन



नेपालगन्जमा एकै परिवारका ४ सहित ६ जनाको भारतको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा निधन भएको छ । त्रिभुवन चोकका वैभव गुप्ता, उहाँकी पत्नी दीपिका गुप्ता,५ वर्षकी छोरी बैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको निधन भएको छ ।

यसै गरी निलान्स गुप्ता र उहाँकी बहिनी नीति गुप्ताको पनि भारत श्रावस्तीको एकाउन्न भन्ने स्थानमा शनिवार राति भएको दुर्घटनामा निधन भएको छ । दुर्घटनामा निधन हुने ६ जना नै नातेदार रहनुभएको छ । दुई परिवारका ६ जनाको निधन भएपछि नेपालगन्ज बजार शोकमा परेको छ ।

वैभव भारत माइतीमा रहेकी पत्नीलाई साथ लिएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ७ : ५७ बजे