३ भाद्र २०८२, मंगलबार | Wed Aug 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सतर्कता बिन्दु नाघ्यो

महाकालीको पानीले सतर्कता बिन्दु नाघ्यो, आवतजावत बन्द



महाकाली नदीमा पानीको सतहले सतर्कता विन्दु नाघेपछि नदीमाथि बनेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द गरिएको छ ।

पुल जीर्ण भैसकेकाले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेकभन्दा माथि नाघेपछि बनबासा पुलमा सवारीसाधन आवतजावतमा बन्देज लगाउने गरिन्छ । शारदा ब्यारेजको बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द भएपछि नेपाल–भारतमैत्री बस सेवा अन्तर्गत महेन्द्रनगरबाट हरिद्वार र दिल्ली चल्ने बसहरु यतिबेला पुलको वारी नै रोकिएका छन् ,

साना सवारीसाधन पनि पुल पारी र पुलको वारी नै रोकिएका छन । आज बिहान १० बजे देखि महाकाली नदीको जलस्तर बठ्न सुरु भएको हो । आज साँझ ४ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ६३ हजार ९ सय ५० क्युसेक पुगेको छ । अहिले पनि जलस्तर बढ्नेक्रममै रहेको यहाँका अधिकारीहरुको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले डडेल्धुराको परिगाउँस्थित महाकाली नदीमा राखेको जल मापन प्रणालीका अनुसार नदीमा पानीको मात्रा सतर्कताको बिन्दु नाघेको छ । परिगाउँमा अहिले ५।८७ मिटर पानीको वहाव छ । सो ठाउँमा ५।८ मिटरको बहाव सतर्कताका बिन्दु मानिन्छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ७ : ५० बजे