६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नागढुंगा–नौबिसे सुरुङ

नागढुंगा–नौबिसे सुरुङ मार्गको ‘ब्रेक थ्रु’ (फोटोफिचर)



नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’ गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत किकुता युतका, जापानी दातृ निकाय जाईकाका प्रमुख लगायतले संयुक्त रुपमा टनेलको ब्रेक थु्र गरेका थिए । ब्रेक थ्रु अघि नेपाली र जापानी विधि अनुरुप पूजा पनि गरिएको थियो ।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सुरुङ मार्ग निर्माणका लागि जापान सरकारप्रति विशेष आभार प्रकट गरे । उनले भने ‘ रेस्क्यु टनेल ब्रेक थ्रू हुनु ठूलो प्रगति हो, मुख्य टनेल पनि एक वर्षभित्रै ब्रेक थ्रु हुन्छ । एक वर्षभित्र टनेल भित्रबाट गाडी नै चल्छ ।’

कार्यक्रमका चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरि र धादिङको धुनीवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले पनि सुरुङ मार्गको निर्माण पछि यातायातमा थप सहज र कम खर्चिलो हुने बताए । जापानी राजदूत किकुता युतकाले नेपालका लागि यो सहयोगले आपसी सम्बन्ध अझ प्रगाढ बन्ने बताए ।

साढे दुई किलोमिटर लामो नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ सँगै मुख्य सुरुङको काम अब १८ प्रतिशत मात्र बाँकी रहेको पनि निर्माण पक्षले जानकारी दिएको छ । तस्विर : गोरखापत्र दैनिक र नेपाल न्यूज बैंक


प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ९ : ०१ बजे