२० बैशाख २०८२, शनिबार | Sat May 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


बागमती नदीले खतराको तह पार, वर्षा अझै नरोकिने



निरन्तरको वर्षाले बागमती लगायतका देशका विभिन्न क्षेत्रका ठूला नदी र खोलामा खतराको तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले बाढीले क्षति पुर्याउन सक्ने भएकाले रौतहट,सर्लाहीका नदी किनाराका बासन्दिालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन र सुरक्षति स्थानमा जान आग्रह गरेको छ ।

महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको सूचना अनुसार बागमतीको पधेंरादोभान (कर्मैया) जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको देखाएको हो । हनुमन्ते,मनोहरा लगायतमा पनि जल सतह निकै बढेको छ । बागमती जलाधार क्षेत्रकै हरिहरपुरगढी सिन्धुली, मरिन कुशुनटार आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ ।

यस्तै, बर्दियाको बबई नदीले पनि खतराको तह पार गरेको छ । दाङ आसपासका क्षेत्रमा पनि भारी वर्षा भएकाले राप्ती नदीको जल सतह उच्च भएको छ । निरन्तरको बर्षा नरोकिएकाले ति नदी लगायत अन्य खोला र साना खहरामा बाढीको सतह बढ्दो क्रममा रहेको छ ।

अहिले देशभरको मौसम सामान्य देखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा पनि हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।

मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
मंगलबार राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।

साथै, कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरुको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले ति क्षेत्रहरुमा बाढी तथा पहिरोको जोखिम बढ्दो रहेकोले सर्तकर्ता अपनाउन जल तथा मौसम र बाढी पूवानुमान महाशाखाले आग्रह गरेको छ ।

पछिल्लो २४ घण्टामा मोरङमा भारी वर्षा भएको छ । विराटनगरमा सबैभन्दा उच्च १०९ दशमलव ५ मिलिमिटर मापन भएको छ । यस्तै, काँस्कीको पोखरामा १०२ दशमलव ५ मिलिमिटर, लुम्लेमा ८८ दशमलव २ मिलिमिटर,विरेन्दैन्गरमा ४४ दशमलव ५,ओखलढुंगामा ६० दशमलव ७ मिलिमिटर र काठमाडौंमा १४ दशमलव ३ मिलिमिटर वर्षा भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ७ : ५१ बजे