१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


साइकल यात्री खसे

सेती पुलबाट साइकल यात्री खसे



पोखरा २९ को पटनेरीमा रहेको सेतीपुलबाट एक साइकल यात्री नदीमा खसेका छन्। ३४ वर्षीय भक्तबहादुर राना बिहान पौने १० बजेतिर नदीमा खसेको जानकारी आएपछि खोजी जारी रहेको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो।

रानाको चप्पलको आधारमा उनको परिवारले पहिचान गरेको प्रवक्ता विकले जनाउनुभयो। बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ३ घर भएका राना पोखरा–३३, बागमाराबाट पटनेरीतर्फ जाँदै हुनुहुन्थ्यो। प्रत्यक्षदर्शीले साइकलको ब्रेक फेल हुँदा राना नदीमा खसेको अनुमान गरेका छन्।

रानाको परिवार अहिले पखरा महानगरपालिका ३३ बागमारामा बस्दै आएको छ। यो पुलमा पोखरा महानगरपालिका वडा न २९ पटनेरीतर्फ जाली लगाइएको छ भने वडा न ३३ तर्फ पुलको दुवै साइडमा जाली लगाइएको छैन।

प्रहरी प्रवक्ता विकले राना आफैं हाम फालेका हुन् वा साइकलबाट खसेका हुन् भन्ने तथ्यबारे अनुसन्धान भइरहेको बताउनुभयो। मंगलबार साँझसम्म रानाको खोजी जारी छ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ७ : २६ बजे