९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


कागबेनी बाढी

मुस्ताङको कागबेनीमा बाढीको वितण्डा, ३१ संरचनामा पूर्ण क्षति



मुस्ताङको कागबेनीमा बाढीले प्रहरीचौकीसहित १३१ वटा संरचनामा पूर्ण क्षति पु¥याएको छ । प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढी राती कागबेनी बस्तीमा छिरेपछि प्रहरी चौकी, घर÷होटल, जोमसाोम–कोरोरा सडकको पक्की मोटरेवल पुल, एउटा झोलुङ्गे पुल, २ वटा गाडी र तीन वटा विद्ययुतीय पोल बगाएको छ ।

सबै गरी हालसम्म ३१ वटा भौतिक संरचनामा क्षति भएको छ । क्षतिको थप विवरण आउन बाँकी छ । त्यसैगरी ग्रेगरसहित आएको बाढीले कागबेनीस्थित धर्मशाला पनि पुरेको छ । मनसुनमा पनि पानी नपर्ने मुस्ताङमा दुई दिनदेखि लगातार वर्षा भएपिछि ग्रेगरसहित आएको बाढीका कारण ठूलो क्षति पुगेको र अपर मुस्ताङसँगको सडक सम्पर्क छुटेको प्रजिअ केसीले जानकारी दिए ।

घटनास्थलमा पुगेका केसीले भने,‘ बिहानसम्म ३१ वटा भौतिक संरचनामा पूर्ण क्षति पुगेको छ । बाँकी क्षतिको विवरण संकलन गरिरहेका छौं । एकमात्र पक्कि मोटरेवल पुलपनि बाढीले बगाएपछि हाम्रो अपर मुस्ताङसँग सडक सम्पर्क पनि टुटेको छ ।’
आइतबार राती स्थानीय ठाडो कागखोलामा आएको बाढीले कागबेनी बस्तीमा वितण्डा मच्चाएको स्थानीय रविन्द्र भुजेलले बताए ।

बाढीपहिरोले मुस्ताङको सडकमार्गको ठाउँठाउँमा पहिरो खसेर बिग्रेको छ । स्थानीय प्रसाशन,शसस्त्र प्रहरी,प्रहरीलगायत सबै निकायसँगको सहकार्य र समन्वयनमा उद्दार कार्य जारी रहेको प्रजिअ केसीले जानकारी दिए । -नेपाल न्यूज बैंकबाट

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १२ : १३ बजे