२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नेपाल च्याम्पियन

महिला टी–ट्वान्टी आई सिरिज : हङकङलाई हराउदै नेपाल च्याम्पियन



काठमाडौं । नेपाल चारदेश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजको च्याम्पियन बनेको छ ।
आज भएको फाइनल खेलमा हङकङलाई डकवर्थ लुईस पद्दती अनुसार १३ रनले पराजित गर्दै सिरिजको च्याम्पियन भएको हो ।
हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याको नेपालले ५ दशमलब ३ ओभरको खेल खेल्ने साथ वर्षाका कारण खेल रोकिएको थियो । भारी वर्षाका कारण पुन खेल हुन नसक्दा नेपाल विजयी भएको हो ।
वर्षा सुरु हुनु अघि नेपालले ५ दशमलब ३ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाएको थियो । हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याएर नेपालले ब्याटिङ गरिरहेको थियो ।
नेपालकी इन्दु बर्माले १९ बलमा २ चौकासहित १९ रन बनाएकी थिईन् । सीता रानामगरले १३ बलमा १ चौकासहित १३ रन बनाएकी थिईन् ।
नेपालले ओपनर काजोल श्रेष्ठलाई भने पहिलो बलमै गुमाएको थियो ।
त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो ।
हङकङकी कप्तान केरी चानले ४५ बलमा सर्वाधिक २९ रन बनाएकी थिइन् । नेपालको खुशी डंगोलले ३ तथा अश्मिना कर्माचार्य र कविता जोशीले समान १÷१ विकेट लिएका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ४ : २९ बजे