९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


महराका छोरा सुन काण्डमा प्रकाउ

माओवादी नेता महराका छोरा सुन काण्डमा प्रकाउ



विद्युतीय चुरोट भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।

बुधबार दिउँसो उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नियन्त्रणमा लिएको एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । पूर्व सभामुख समेत रहेका महराका छोराले गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुलेको जनाएको छ । तर सो प्रकरणमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा चलाएको थिएन ।

तस्करीमा संलग्न ब्यापारीसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको खुले पनि उनीहरुमाथि अनुसन्धान नभएको भन्दै सार्वजनिक रुपमा विरोध भइरहेको थियो । महरालाई सुन काण्डमा पक्राउ नगरेपछि जनस्तरबाट सरकार र माओवादीलाई दवाव परेको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ७ : १० बजे