९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


एमसिसी परियोजना

बुधबारबाट एमसिसी परियोजना कार्यान्वयनमा आउने



मिलेनियम च्यालेन्ज कर्पोरेसन९एमसिसी० परियोजना कार्यान्वयन प्रारम्भ भएको छ ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा। प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश ९इन्ट्री इन्टु फोर्स–ईआईएफ० सम्बन्धी पत्र आदानप्रदान गरेसँगै सो परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो ।

पत्र आदान–प्रदान कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री डा। प्रकाशशरण महतले एमसिसी परियोजनामार्फत गरिने सडक स्तरोन्नति तथा विद्युत आपूर्ति सम्बन्धी कामले नेपाली जनता लाभान्वित हुने बताउनुभयो । उहाँले विद्युत प्रसारण आयोजना र सडक मर्मत आयोजनाको औपचारिक कार्यान्वयन शुभारम्भको घोषणा गर्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । यससँगै एमसिसी परियोजनाले तोकिएको काम, कारबाहीहरू प्रारम्भ गर्नेछ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ७ : ३४ बजे