२६ असार २०८२, बिहिबार | Thu Jul 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


मानवअधिकार आयोग कार्यालय पुननिर्माण

मानवअधिकार आयोग कार्यालय पुननिर्माण ढिलाई प्रति एमाले अध्यक्ष ओलीको चिन्ता



एमाले अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकार आयोगको केन्द्रीय कार्यालय पुननिर्माण गर्न अब ढिला गर्न नहुने बताएका छन् ।
सोमबार मानव अधिकार अभिलेख केन्द्रको अवलोकन गर्न पुगेका ओलीले २०७२ साल बैशाखमा गएको भूकम्पमा परी क्षतिग्रस्त भएको आयोगको केन्द्रीय कार्यालयको पुननिर्माण गर्न ढिला गर्न नहुने बताए ।
उनले भने, ‘अब धेरै विलम्ब नगरिकन मानव अधिकार आयोगको केन्द्रीय कार्यालय पुर्ननिर्माण हुनुपर्छ ।’
अध्यक्ष ओलीले आयोगको केन्द्रीय कार्यालयमा अहिले भएको संरचनालाई भत्काएर,सोहि स्थानमा कार्यालयको पुर्ननिर्माण गर्नुपर्ने धारणा राखे ।
त्यस्तै,उनले राष्ट्रिय मानवअधिकार आयोगले गरेको कामलाई प्रसंशा पनि गरे ।
‘जसरी आयोगलाई संवैधानिक अंगको रुप दियौं,संविधानमै व्यवस्था गरेर र तत् सम्बन्धमा अधिकारहरु स्पस्ट गरेर त्यसको सफलतासँग आज मानवअधिकार आयोग यति सक्षम ढंगले आफ्ना उद्देश्यहरुमा सफल छ,’ ओलीले भने ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ८ : ४७ बजे