२६ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


लापरवाहले बालकको मृत्यु

कान्ति बाल अस्पतालमा लापरवाहले बालकको मृत्यु भएको आरोप



कान्ति बाल अस्पतालको लापारवाहीका कारण ६ वर्षीय मृत्यु बालकको भएको भन्दै पीडित परिवारले विरोध गरेका छन् । मकवानपुर, थाहा नगरपालिका– १० बाट अस्पताल आएका मृतका परिवारले मङ्गलबार कान्ति बाल अस्पतालमा विरोध गरेका हुन् ।

अस्पतालमा ५ बजे बेलुका ‘इमर्जेन्सी’ लगिएको बालकलाई २ घन्टा बाहिर राख्दा उनको मृत्यु भएको पीडित परिवारको भनाइ छ । बालकका हजुरबुवा कृष्ण गोपालीले ज्वरो र वान्ता भएका बालकलाई अस्पतालले बेवास्ता गरेकै कारण उनको मृत्यु भयो ।

उनले भने, ‘बच्चालाई ज्वरो आएको र वान्ता पनि भएको थियो । गम्भीर अवस्थामा ल्याइएको बालकको अस्पतालकै कारण मृत्यु भएको छ, यस विषयलाई अस्पतालले गम्भीररुपमा लिनुपर्छ । यहाँको प्रशासनलाई कारवाही हुनुपर्छ ।’

अस्पतालका नवनियुक्त निर्देशक तथा डा.पङ्कज रायले बालकको मृत्यु पालो कुर्दै गर्दा भएको बताएका छन् ।

उनले भने, ‘अस्पतालको इमर्जेन्सीमा धेरै भीड हुने गरेको छ । यहाँ आएकाहरूलाई अन्त जाउ भन्ने गरेको छैन । ती बालक पालो कुरिरहेका थिए । यसमा उपचारमा हेलचेक्रेई भयो भन्ने कुरा छरासर गलत हो । बिरामी यहाँ छिरेपछि सबै सेवा सुविधा पाएको छ ।’
००००

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ७ : १७ बजे