२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरू अहिले पनि क्रियाशील छन् : ओली



नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरू अहिले पनि क्रियाशील रहेको बताएका छन्।

जात/ जात, वडा/ वडा, पालिका/ पालिका मिलेर बसेको देख्न नसक्नेहरूले मुलुकमा साम्प्रदायिक विद्वेष फैल्याउने काम गरिरहेको ओलीको भनाइ थियो।

तिजको अवसर पारेर पार्टीनिकट महिला संगठन अखिल नेपाल महिला संघ, मध्यपुर थिमि नगर कमिटीले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले हाम्रा चाडपर्वहरूसँग ठ्याक्कै मेल नखाने गतिविधि हुनु सुखद् नभएको बताए।

अध्यक्ष ओलीले हाम्रा चाडपर्वको अर्थ सामाजिक सदभाव कायम गर्दै उल्लेख गर्दै त्यसले सबै समुदायमा निकटता ल्याउने माध्यमको रूपमा काम गरिरहेको पनि स्मरण गराए।

अध्यक्ष ओलीले चाडपर्वहरूलाई नेपालीहरूले उत्सवको रूपमा मनाउने गरेको र त्यसले सामाजिक प्रबन्धलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ८ : १३ बजे