२६ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेरो पालिका


४ गते थकाई बिदा



काभ्रेको मण्डनदेउपुर नगरपालिकाले थकाई बिदा दिएको छ ।

मंगलबार एक सूचना जारी गर्दै नगरपालिकाले नगरभित्रका सबै सरकारी कार्यालय तथा विद्यालयमा बुधबार थकाई बिदा दिएको हो ।

मंगलबार संविधान दिवसका अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह शुभारम्भ भएको हर्षोल्लासको उपलक्ष्यमा तथा सोको व्यवस्थापन गर्दा कर्मचारी तथा जनप्रतिनिधि थकित भएकाले बिदा दिएको नगरपालिकाले सूचनामा उल्लेख गरेको छ ।

नगरपालिकाले बुधबार नगरपालिकाको कार्यालय, नगर अन्तरगतका कार्यालयहरू, विद्यालयलगायत सम्पूर्ण सरकारी तथा गैर सरकारी संस्थाहरुलाई बिदा गरिएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ८ : ५१ बजे