२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


उपसभापति खड्काद्वारा शिक्षकका वास्तविक माग पूरा गर्ने



नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा उपसभापति तथा कार्यवाहक प्रधानमन्त्री एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षक महासङ्घको वास्तविक माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यालयमा बिहीबार बसेको बैठकमा नेताबाट पनि शिक्षक आन्दोलनबारे ब्रिफिङ भएको जानकारी दिनुभयो।

पौडेलले भन्नुभयो, “पार्टीका उपसभापति पूर्णबहादुर खड्काले शिक्षक महासङ्घले गरेको आन्दोलनको ब्रिफिङ गर्नुभयो। शिक्षण र शिक्षक पेसालाई मर्यादित, प्रतिष्ठित बनाउन उहाँहरूको वास्तविक माग वार्ताद्वारा पुरा गर्ने प्रतिबद्धता समितिमा पेस गर्नुभयो।”

उहाँले बैठकमा समसामयिक विषय नेपालको वर्तमान अर्थतन्त्र लगायत संविधान विपरीतबाहेक जनताका सबै माग पुरा गर्नुपर्ने कुरा उठेको जानकारी दिनुभयो। कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा महामन्त्री गगनकुमार थापाले बैठकको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।

आजको बैठकमा बिमलेन्द्र निधि, कल्याण गुरुङ, नैनसिंह महर, प्रतिमा गौतम र आमन्त्रित सदस्यहरू उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेश), इन्द्रबहादुर बानियाँ (बागमती), शुक्रराज शर्मा (गण्डकी), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र वीरबहादुर बलायर (सुदूरपश्चिम) ले आ–आफ्नो धारणा राख्नुभएको छ।

बैठक भोलि शुक्रबार बिहान ११ बजे पुनः बस्ने छ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ७ : ४४ बजे