६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


‘देउवा प्रचण्डका कार्यकर्ता भए’ -एमाले अध्यक्ष ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा माओवादी अध्यक्ष प्रचण्डको कार्यकर्ता बनेर पछि लागेको टिप्पणी गरेका छन्।

ओखलढुंगाको रामपुरमा सहिद गुरु लुइँटेल स्मृति पार्क उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। देशको विकास र जनताको पक्षमा सरकारले काम गर्न नसक्दा पनि देउवा प्रचण्डको कार्यकर्ता बन्दा मुलुक र स्वयं कांग्रेसलाई पनि क्षति हुने ओलीको जिकिर छ।

उनले सहिदको बलिदानबाट सत्तामा पुगेकाहरूले सहिदको सम्मान गर्न नसकेकोसमेत बताए। द्वन्द्वको समयमा मुलुक परिवर्तनका खातिर बलिदान दिने सहिदलाई सत्ता प्राप्तिपछि द्वन्द्वको नेतृत्व गरेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बिर्सिएको ओलीको आरोप छ। सहिद, बेपत्ता र घाइतेका परिवारको वास्तविक समस्या सरकारले बुझ्न नसकेको उनको भनाइ थियो।

सहिद गुरु लुइँटेल २०औँ स्मृति दिवसको अवसर पारेर ‘गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्र’को आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू सरकारमा हुँदा विकास र समृद्धिका कामहरू चौतर्फी रूपमा भए पनि वर्तमान सरकारले जनतालाई छक्याउनेबाहेक केही गर्न नसकेको बताए।

सरकार आफैँ सुन तस्करीमा तल्लीन भएको आरोप लगाउँदै उनले वर्तमान सरकारलाई जनताले फाल्न चाहेको दाबी गरे।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ९ : ४७ बजे