२५ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


प्रचण्ड ल्हासामा

प्रधानमन्त्री प्रचण्ड ल्हासामा



चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ९बुधवार० छोङ्छिङ्बाट ल्हासा प्रस्थान गर्नु भएको छ ।

सिचुवन एयरलाइन्स मार्फत ल्हासा जानु भएका प्रधानमन्त्री प्रचण्ड ल्हासाको गोङ्गार विमानस्थलमा अवतरण गर्नुहुने कार्यक्रम छ । कार्यक्रमको सुची अनुसार आज साँझ उहाँले चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ ९तिब्बत० स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले भेटवार्ता गर्नुहुनेछ ।

सचिव वाङले प्रधानमन्त्रीको सम्मानमा रात्रि भोजको आयोजना गर्नुहुने कार्यक्रम छ । चीनसँगको सीमा जोडिएका नेपालका उत्तरी क्षेत्रका दुर्गम ग्रामीण क्षेत्रमा तिब्बतबाट विध्युत वितरण गर्ने समझदारी बनेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड ल्हासा जान लाग्नु भएको हो ।

तिब्बतमा रहँदा प्रधानमन्त्री प्रचण्डले कैलाश मानसरोवर ९ताल० एवं कैलाश पर्वतको भ्रमण समेत गर्ने कार्यक्रम छ ।
चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको दक्षिण पश्चिममा अवस्थित छोङछिङ शहरमा रहेको कृषि विज्ञान प्रतिष्ठानको स्थलगत अवलोकन गर्नुभएको छ । नेपाल र चीनबीच कृषि तथा प्रविधिको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौताको दस्तावेजमा हिजो हस्ताक्षर भएपछि आज प्रधानमन्त्रीले प्रतिष्ठानको अध्ययन भ्रमण गर्नुभएको हो ।। १००%
चीनमा कृषि प्रविधिको विकासका लागि मुख्य जिम्मेवारी वहन गरिरहेको कृषि विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमणका क्रममा प्रतिष्ठान पुग्नुहुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिष्ठानका अध्यक्ष गौ स्याउ होङले स्वागत गर्नुभयो । प्रधानमन्त्री प्रचण्डलाई प्रतिष्ठानका अधिकारीहरुले प्रतिष्ठानले गरिरहेका कामका बारेमा जानकारी गराएका थिए । प्रतिष्ठानले १५ वटा इन्स्टिच्युटहरु मार्फत अहिले २ हजार ८ सय वटा अनुसन्धान परियोजना संचालन गरिरहेको छ । प्रतिष्ठानले विशेष गरी आधारभुत कृषि विज्ञान, व्यावहारिक प्रविधि, कृषि स्रोत र वातावरण संरक्षण, एवम कृषि उपकरण र इन्जिनियरिङको विषयमा केन्द्रित गरेर अनुसन्धान गर्दै आएको छ । प्रतिष्ठानले कृषि प्रविधिको तालिम पनि संचालन गर्दै आएको छ । प्रतिष्ठानमा मातहतमा प्रान्तस्तरका अनुसन्धान एवम प्रयोगात्मक स्थलहरु रहेको र प्रतिष्ठानले बाली परीक्षणका ६ सय ६७ हेक्टर जग्गा प्रयोग गरिरहेको जानकारी प्रतिष्ठाले दिएको छ । दुइ पटकसमम्म राष्ट्रिय विज्ञान प्रविधि प्रगति पुरस्कार र प्रान्त तहमा थुप्रै पुरस्कार प्राप्त गरेको प्रतिष्ठानले धान, मकै, खुर्सानी, फलफूल, माछा, च्याउ, भान्टा लगाएत ४ सय ५६ किसिमका अन्न एवम तरकारका नयाँ प्रजातीको विकास गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ७ : ४८ बजे