एमाले बागमती प्रदेशको निर्वाचनमा कुल ११३१ मत खसेको छ । शुक्रबार राति सम्पन्न मतदानमा कुल ११६९ मध्ये ११३१ मत खसेको हो ।
पार्टी कार्यालय च्यासलमा शुक्रबार दिउँसोदेखि मतदान सुरु भएको थियो । मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीले निर्वाचनबाट पाँच पदाधिकारीसहितका २४५ निर्वाचित हुने जानकारी दिएको छ ।
बागमतीको अध्यक्षमा केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल प्रतिस्पर्धामा छन् । त्यसैगरी उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरी प्रतिस्पर्धामा रहेका छन् । सुरुमा ४ जनाले उम्मेदवारी दर्ता गराएपनि अन्तिम समयमा दुुई जनाबीच प्रतिस्पर्धा भएको हो ।
केही समयमा मतगणना सुरु हुने बताइएको छ ।
प्रतिक्रिया