८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सुन तस्करीे अनुसन्धान गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन



सरकारले सुन तस्करी प्रकरणको छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको हो । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माका अनुसार आयोगका सदस्यमा अर्थ मन्त्रालयका सहसचिव किशोरजंग कार्की, गृह मन्त्रालयका सहसचिव प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा सदस्य छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार पूर्वसहमतिबाट पछि हटेको भन्दै संसद अवरुद्ध गर्ने बटमलाइन सुनाएपछि सरकारले आयोग गठन गरेको हो । आयोग गठनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले सुन तस्करी प्रकरणमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु भएको थियो । बैठकमा जाँचबुझ आयोगको कार्यादेश गठनबारे दलहरूबीच सहमति भएको थियो ।

सर्वदलीय बैठकमा सहमति जुटेलगत्तै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनु भएको थियो । बैठकले उच्च अदालतका पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।

यसअघि दलहरुबीच सुन तस्करी प्रकरणमा आयोग गठन गर्ने सहमति भएको थियो । तर, आयोग गठन गर्नेमा सरकारले आलटाल गर्दै आएको थियो । सरकार सुन तस्करीको संरक्षक बनेको भन्दै आयोग गठनका लागि चौतर्फी दबाब आएपछि जाँचबुझ आयोग गठन गर्न प्रधानमन्त्री दाहाल तयार हुनुभएको हो ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : २५ बजे