२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


बझाङमा शक्तिशाली भूकम्प, बैतडीमा घर चर्किए



बझाङ केन्द्रबिन्दु भएर गएको ६।३ रेक्टर स्केलको भूकम्पले बझाङ सहित बैतडीको सिगास गाउँपाकिला, पुर्चौडी नगरपालिका, डिलासैनी गाउँपालिका र पाटन नगरपालिकामा दर्जनौँ घर र विद्यालयका भवनमा क्षति पुगेको छ । बैतडीको डिलासैनीमा एक बालिका घाइते भएकी छिन् ।

बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले बैतडीको डिलासैनी गाउँपालिका–२, स्थित लटिनाथ आधारभूत विद्यालयमाथिबाट ढुङ्गा खस्दा १० वर्षीय छात्रा निरा भण्डारीको खुट्टामा गम्भीर चोट लागेको छ । भूकम्पले घर भत्किँदा बैतडीको सिगास गाउँपालिका–३,घकुराडी बस्ने रघुवीर साउदको घरमा क्षति पुगेको छ । साउद रोजगारीका लागि भारतमा छन् । घर भत्किएर आमा र दुई बालकको बिचल्ली भएको छ । भूकम्पले सिगास गास गाउँपालिकाको लेकलुपण माविको भवनमा क्षति पुगेको प्रधानाध्यापक हर्कबहादुर धामीले जानकारी दिनुभयो ।

त्यसैगरी, भूकम्पका कारण सडकमा धुले पहिरो खसेर बैतडी–बझाङ सडक अबरुद्ध भएको छ । भूकम्पको धक्काले जयपृथ्वीबहादुर नगरपालिका–७, कचली खोलामा माथिबाट धुलेपहिरो खसेर बैतडी–बझाङ जोड्ने सडक अबरुद्ध भएको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो । पहाडबाट निरन्तर ढुङ्गा खसिरहेकाले सडक खुलाउन केही समय लाग्ने उहाँले बताउनुभयो ।

भूकम्पको ठूलै धक्का महसुुस गरिएको जानकारी दिनुहुँदै प्रजिअ पाण्डेयले मानवीय क्षति भएको कुनै खबर प्राप्त नभए पनि स्थानीयका घर चर्केको बताउनुभयो । क्षतिका बारेमा प्रहरीमार्फत बुझ्ने काम भईरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ५ : १७ बजे