३ भाद्र २०८२, मंगलबार | Tue Aug 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्य


नेविसङ्घबाट नगरपालिकामा तालाबन्दी



नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्य समिति प्युठानले प्युठान नगरपालिकाको शिक्षा शाखामा बुधबार तालाबन्दी गरेको छ । प्युठान नगरपालिकाले नगरपालिकाको शिक्षा शाखामा विद्यालयबाट शिक्षक काजमा झिकाइ कर्मचारीसरह जिम्मेवारी दिई कामकाजमा खटाएकाले नेविसंघले तालाबन्दी गरेको जनाएको छ ।

विद्यालयमा फिर्ता पठाउनुपर्ने भनी नेविसङ्घले असोज ७ गते नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रको बेवास्ता गरेकाले नेविसङ्घले नगरपालिकाको शिक्षा शाखामा ताला लगाएको जनाएको छ ।

नेविसङ्घ प्युठानका अध्यक्ष कल्याणविक्रम केसीले माग पूरा नभएसम्म प्युठान नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखामा अनिश्चितकालीन तालाबन्दी गरिएको बताउनुभयो ।

 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ५ : ४५ बजे