२२ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


दसैँ लक्षित टिकट असोज २२ गतेबाट बुकिङ खुल्ने



दसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ २२ असोजदेखि खुल्ने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र व्यवसायीबीच शुक्रबार भएको छलफलले आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

अघिल्ला वर्षहरूमा दसैँ सुरु हुनुभन्दा झन्डै एक महिनाअगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष निकै ढिलो गरी अग्रिम बुकिङ खुलाइएको हो।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ८ : २२ बजे