२५ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


अर्थमन्त्री सवार गाडी दुर्घटना



लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ । तुलसीपुर उपमहानगरपालिका १३ को शितलपुरमा लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको स्वकीय सचिव शम्भु रेग्मीले जानकारी दिनुभएको हो ।

पार्टीको कार्यक्रम सकेर अर्थमन्त्री मास्की मन्त्रालय फर्किदै गर्दा गाडी दुर्घटनामा परेको हो । एक्कासी बच्चा सडकमा आएपछि बचाउने क्रममा गाडी सडकबाट हुत्तिएर झाडीमा पुगेर दुर्घटनामा परेको जनाइएको छ ।

गाडीमा सवार मन्त्री, स्वकीयसहित सबै जनालाई सामान्य चोट लागेको छ । सामान्य चोटपटक लागेको र जोखिम नरहेको दाङ प्रहरीले बताएको छ । गाडीमा ५ जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ८ : ३४ बजे