२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


हात्ती आक्रमणबाट १४ वर्षीय बालकको मृत्यु



सर्लाहीमा घाँस काट्न जङ्गल गएका एक बालकको मङ्गलबार बिहान हात्तीको आक्रमणमा परेर मृत्यु भएको छ ।

जङ्गली हात्तीको आक्रमणबाट रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं। २ घर भई हाल हरिवन नगरपालिका–७, स्थित फुपुको घरमा बस्दै आएका तोयानाथ दाहालका छोरा १४ वर्षीय शिव दाहालको मृत्यु भएको हो ।

बालकलाई गाउँ नजिकको हरिपुर नगरपालिका–१, जानकीनगरस्थित वनमा घाँस काट्न जाँदा जङ्गली हात्तीले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

घटनास्थलमा पुग्नुभएका इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले हात्तीले कुल्चिएर क्षतविक्षत पारेको अवस्थामा बालकको शव फेला परेको बताउनुभयो । घाँस काट्दै गर्दा अकस्मात् हात्तीसँग भेट भएपछि बालक उप्किन पाएनन् ।

मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । वन कर्मचारीसहित घटनास्थलमा पुगेर प्रहरीले बालकको शव जङ्गल बाहिर निकालेको थियो ।

हात्तीको आक्रमणमा परेर बालकसँगै घाँस काट्न जानु भएका हरिवन नगरपालिका–१०, बस्ने ५१ वर्षीय छविलाल काफ्ले घाइते हुनुभएको छ । हात्तीले आक्रमण गर्नासाथ काफ्लेले भने भागेर ज्यान जोगाउन सफल हुनुभएको छ ।

दाखिने खुट्टा र शरीरका अन्य भागमा चोट लागेर घाइते हुनु भएका काफ्ले नमुना अस्पताल हरिवनमा उपचारपछि घर फर्किसक्नुभएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार काफ्ले खतरामुक्त हुनुहुन्छ ।

जङ्गलमा हात्ती पसेर एक बालकको ज्यान लिएपछि हरिवन, घुर्कौली, जानकीनगर, हजारबिघा, सखुवा, जुटपानीलगायत जानकीनगर साझेदारी वन आसपासका स्थानीय त्रसित बनेका छन् ।

हरिवन नगरपालिका ६ को वडा कार्यालयले मङ्गलबार सूचना जारी गरी वडा नं. ६ सँगै रहेको जानकीनगर साँझेदारी वनभित्र केही दिनदेखि जङ्गली हात्ती देखा परेकाले सचेत रहन भन्दै सूचना जारी गरेको छ ।

सर्लाहीका जङ्गल क्षेत्रमा बर्सेनि अन्य स्थानबाट आउने जङ्गली हात्तीले यसरी मानवीयसँग घर तथा अन्य भौतिक संरचना र बालीनालीमा क्षति गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ८ : ०३ बजे