अब अनुमति नलिई घरजग्गाको कारोबार गर्नेहरुलाई २५ लाख जरिवाना हुने भएको छ ।
केही नेपाल ऐन संशोधन विधेयकलाई संसदको कानून, न्याय तथा मानव अधिकार समितिले परिमार्जन सहित पारित गर्दै यस्तो सजायको व्यवस्था गरेको हो ।
जसमा अनुमति नलिई घरजग्गा कारोबार गर्नेलाई ६ महिना कैद, २५ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । यस अघि १० लाखसम्म जरिवानाको मात्रै प्रस्ताव गरिएको थियो ।
प्रतिक्रिया