२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सटर बन्द हुने प्रष्ट भएपछि कांग्रेस-माओवादी एमालेसँग तर्सिए : एमाले अध्यक्ष ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सटर बन्द हुने प्रष्ट भएपछि कांग्रेस र माओवादी एमालेसँग तर्सिएको ठोकुवा गर्नुभएको छ ।

एमाले मधेश प्रदेशको प्रथम अधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले एमालेले काम गर्न नसकेको कारण नभई विरोधी एमालेको काम देखेर आत्तिएको प्रष्ट पार्नुभयो । ‘एमालेले मौका पाउने बित्तिकै काम गर्न सक्छ र आफ्नो सटर बन्द हुन्छ भनेर कांग्रेस–माओवादीसहितका विरोधहरुी आत्तिएका छन,’ ओलीले भन्नुभयो ।

अहिले एमालेसँग कांग्रेस र माओवादी आत्तिएका बताउँदै नसच्चिए उनीहरूको भविष्य अन्धकार हुने ओलीको भनाई छ । ‘कांग्रेस हामीसँग आत्तिएको किन रु एमालेले काम गर्न नसकेर हो र रु, आफ्नो भविष्य अन्धकार देख्न थालेर ।, माओवादी एमालेसँग आत्तिएको किन रु आफ्नो भविष्य अन्धकार देखेर’, ओलीले भन्नुभयो ।

उहाँले नेपाली समाजका साना साना समस्या समाधान गर्न पनि एमाले नै चाहिने प्रष्ट पार्नुभयो । अध्यक्ष ओलीले महिनावारी भएका महिलालाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउन समेत एमालेकै सरकार बन्नु परेको बताउनुभयो । ‘यति कुरा सोच्न पनि नेकपा एमाले चाहियो,’ ओलीले भन्नुभयो ।

बालबालिका खाते हुन सक्दैन र अभिभावक विहीन बालबालिकालाई सरकारले संरक्षण दिन्छ भनेर बालबालिकालाई संरक्षण गर्ने काम पनि एमालेले नै गरेको तथ्य पनि राख्नुभयो । यस्तै नेपाल भिखमंगाको देश होइन भनेर सडक मानवलाई व्यवस्थापनको काम एमालेले गरे गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले एमाले सरकार बनेपछि जनकपुरमा ढलको व्यवस्था गरेकोसुनाउनुभयो । एमाले सरकारमा हुँदा सामाजिक विकास, नागरिक सुरक्षा, सडक, पूर्वाधार निर्माण लगायतका अनेक काम भएका उहाँले स्मरण गराउनुभयो । एमाले सरकार बन्नुभन्दा अघिको जनकपुर ढल्केबहरबाट आउन आफूलाई अढाई घण्टा लागेको बताउँदै ओलीले एमालेको पालामा सडक मर्मत गरेपछि १५ मिनेटमा जनकपुर आउन सकिने भएको उहाँले प्रष्ट पार्नुभयो । ‘अरू कुनै सरकारले गर्न सकेन, त्यो काम नेकपा एमालेले गर्यो रु’, ओलीको प्रश्न थियो ।

एमालेले सुरु गरेको ज्येष्ठ नागरिक भत्ता एमालेकै पालामा बढाएर ४ हजार पुर्याएको भन्दै उहाँले देशका कुनै पनि भागमा उभिएर जता हेरे पनि एमाले सरकारले गरेको काम देखिने ठोकुवा गर्नुभयो । आफूलाई मधेशको पुस्त्यौली मसिहा ठान्नेहरूले समृद्धि र विकासको लागि केही नगर्ने ओलीले बताउनु भयो । ‘पुस्त्यौली मसिहा हुनेहरू, उनीहरूको पारा देखियो, उनीहरूले केही गर्न सक्दैनन्, उनीहरूले अस्वस्थ तरिका अवलम्बन गरेर चुनाव सामना गर्ने कुरा गर्छन,’ ओलीको भनाई रहेको जनता टाइम्सले लेखेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ८ : ०७ बजे